नेपाल गौरव यात्रा बारे

यो लेख यी भाषाहरूमा पनि पढ्नुहोस्: अङ्ग्रेजी, नेपालभाषा

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको निम्ति एउटा दिवस दावी गर्ने पहिलो गौरव यात्रा यस नेपाल गौरव यात्रा हो । यो गौरव यात्रा नेपालमा गौरव दिवसको स्थापनासँगै भयो ।

नाम

पूरा नाम : नेपाल सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा

छोटो नाम : नेपाल गौरव यात्रा

ह्यासट्याग : #NepalPrideParade र #NepalPride(साल) – जस्तै सन् २०२१का लागि #NepalPride2021 । नेपाली भाषामा #नेपालगौरवयात्रा पनि प्रयोग गर्न सकिन्छ ।

शब्दावली

गौरव यात्रा (प्राइड परेड) : सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको सामाजिक र स्वः स्वीकार्यता, उपलब्धीहरू, कानुनी अधिकार र गौरवलाई उत्सवको रूपमा मनाउने कार्यक्रम हो ।

गौरव (प्राइड) : सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति हुनुलाई समाजमा ‘लज्जित हुनुपर्ने विषय’ जस्तै लिइन्थ्यो / लिइन्छ र लाञ्छना एवं वर्जित विषयका रूपमा हेरिन्थ्यो / हेरिन्छ । यस्तै लज्जित तुल्याइने विरुद्धको क्रान्ती स्वरूप आफ्नो पहिचानमा ‘गौरव’ भन्ने अवधारणा विकास भएको हो ।

गौरव महिना : ग्रेगोरियन पात्रोको जून महिनालाई गौरव महिना भनिन्छ ।

यो गौरव यात्रा ‘सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू’ सम्बन्धी हो । हामी ‘सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति’ र ‘क्वयेर व्यक्ति’ शब्दावलीलाई पर्यायवाची शब्दको रूपमा प्रयोग गर्छौँ ।

हामी लैङ्गिक तथा यौनिक अल्पसंख्यक होइनौँ ।

हामी ‘एलजिबिटी’मा सीमित छैनौँ ।

यो समलिंगी तेस्रोलिंगी र्यालि होइन ।

हाम्रो प्रमुख सिद्धान्त

  • लैङ्गिकता र यौनिकता स्पेक्ट्रमको रूपमा – कुनै बाकस रहित, कुनै लचकहीनता रहित । विविधता, स्पेक्ट्रम र तरलता ।
  • अन्तरसम्बन्ध – सबै प्रकारका सामाजिक संघर्ष, उत्पीडन र असमानता – जात प्रणाली, जातीय असमानता, आदिवासी अधिकार, अपाङ्गता भएका व्यक्तिहरू, र सबै प्रकारका सामाजिक एवं संस्थागत उत्पीडन क्वयेर आन्दोलनको हिस्सा हुन् ।
  • विविधता

हाम्रो मूल्य मान्यताहरू

  • कुनै संस्थागत ब्यानर नल्याउने ।
  • कुनै भाषण नहुने ।
  • कुनै विशेष अतिथि नहुने ।
  • कुनै प्रकारको दुर्व्यवहार र हिंसा सह्य हुँदैन ।
  • इन्द्रेणी पुँजीवाद (रेन्बो क्यापिटालिजम)को प्रयास हुनुभएन ।
  • कुनै अन्तर्राष्ट्रिय दाता, निकाय वा सरकारबाट चन्दा / आर्थिक सहयोग लिइँदैन ।

इतिहास

नेपाल गौरव यात्रा सन् २०१९ देखि सुरु भएको हो । यो सालमा क्वयेर महिला गौरव यात्राक्वयेर आदिवासी गौरव यात्राको सुरु भएको थियो । सन् २०१९मा यो कार्यक्रम जून २९ तारिखका दिन आयोजना गरिएको थियो जुन स्टोनवाल विद्रोहको ५०औँ जन्मजयन्तीको भोली पल्ट थियो । त्यसै साल जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवसका रूपमा घोषणा गरिएको थियो ।

फेसबुक इभेन्ट

  • नेपाल गौरव यात्रा २०२२ [लिङ्क, आरकाइभ]
  • नेपाल गौरव यात्रा २०२१ [लिङ्क, आरकाइभ]
  • नेपाल गौरव यात्रा २०२० [लिङ्क, आरकाइभ]
  • नेपाल गौरव यात्रा २०१९ [लिङ्क, आरकाइभ]