अन्तर्वर्गिय गौरव यात्रा

हामी क्वयेर जनसंख्याको विभिन्न अन्तर्वर्गियतालाई लक्षित पारी अन्तर्वर्गिय गौरव यात्राहरू पनि आयोजना गर्छौँ । आज सम्म हामीले मूलधारका कार्यक्रम तथा र्यालिहरूमा ‘क्वयेर अंश’का रूपमा आयोजना गरेकाछौँ ।

क्वयेर महिला गौरव यात्रा

सन् २०१९ मा पहिलो क्वयेर महिला गौरव यात्रा

मूलधार महिला दिवसको र्यालिमा नै सन् २०१९ मा क्वयेर महिला गौरव यात्राको आयोजना गरिएको थियो । काठमाडौँमा महिला दिवस (मार्च ८) को बिहान विभिन्न महिला अधिकार संघ संस्थाहरूले र्यालि आयोजना गर्ने गर्दछ । हामीले त्यसै र्यालिको हिस्सा भएर क्वयेर महिला गौरव यात्रा गर्यौँ ।

हरेक वर्ष बिहान ७ बजे र्यालि काठमाडौँको भृकुटीमण्डपमा भेला हुने गर्दछ । हामी पनि त्यसैमा सामेल हुने भएकाले वर्षेनीको सूचनाका निम्ति हाम्रो फेसबुक पेज हेर्नुहोला ।

क्वयेर आदिवासी गौरव यात्रा

सन् २०१९ मा पहिलो क्वयेर आदिवासी गौरव यात्रा

क्वयेर आदिवासी गौरव यात्रा सन् २०१९ देखि आदिवासी दिवसमा गरिने मूलधारको र्यालिको एउटा अंशका रूपमा मनाइयो । विश्वका आदिवासी जनजातीहरूको अन्तर्राष्ट्रिय दिवस ( अगष्ट ९ ) का दिन विभिन्न आदिवासी जनजाती / मूलवासी संघ संस्थाहरूले काठमाडौँमा र्यालि निकाल्ने गर्दछन् । हामीले सोही र्यालिमा सामेल भएर क्वयेर आदिवासी गौरव यात्रा पनि गर्यौँ ।

हरेक वर्ष बिहान १० बजे र्यालि काठमाडौँको भृकुटीमण्डपमा भेला हुने गर्दछ । हामी पनि त्यसैमा सामेल हुने भएकाले वर्षेनीको सूचनाका निम्ति हाम्रो फेसबुक पेज हेर्नुहोला ।