दोस्रो वार्षिक नेपाल गौरव यात्रा

तस्वीर : Nishant S Gurung

कोभिड-१९ को विश्वमारीले विश्वको ठूलो हिस्सालाई नै घर भित्र बस्न बाध्य गरेको छ । सार्वजनिक भेला गर्न असम्भव भएको अवस्थामा, यस वर्ष हामी गौरव यात्रा मनाउँदैछौँ । हो ! अनलाइन गौरव यात्रा ।

गत वर्ष हामीले हरेक वर्ष जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवस घोषणा गर्दै अन्तर्वर्गिय र विविधतापूर्ण नेपालकै पहिलो स्वतन्त्र र स्वायत्त गौरव यात्राको आयोजना गर्यौँ । यस वर्षको दोस्रो वार्षिक नेपाल क्वयेर /सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरूको गौरव यात्रा (वा, छोटकरीमा नेपाल गौरव यात्रा) पुनः अर्कै ढङ्गमा पहिलो हुँदैछ ।

गौरव यात्रामा दुई मुख्य कार्यक्रमहरू हुनेछ :
१. टुइटाथोन र इन्स्टाथोन
२. कार्यक्रम तथा सत्र

टुइटाथोन र इन्स्टाथोन हुन अघि “मेरो लागि गौरव के हो” भन्ने विषयमा केही व्यक्तिहरूले बनाएका भिडियोहरू पोस्ट हुनेछ ।

टुइटाथोन र इन्स्टाथोन

बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म हुनेछ । हामी सामाजिक संजालमा विभिन्न विषयहरूमा अन्तर्क्रिया गर्दै री-टुइट / सयेर गर्नेछौँ ।

टुइटाथोन र इन्स्टाथोनको बेला तपाइँको गौरव दिवस र क्वयेर हुनुको बारेमा विभिन्न पोष्टहरू टुइटर र इन्स्टामा राख्न सक्नु हुनेछ । फोटो लिऔँ, भनाईहरू लेखौँ, कविता लेखौँ, आफूलाई रिकर्ड गरौँ, वा शायद गीत गाऔँ, जे मनलाग्छ तेही । आफूलाई प्रस्तुत गरौँ, खुलेर express गरौँ, नाचौँ, इत्यादी । गौरव झण्डाहरू छ ? आफ्नो घरबाट हलाऔँ, राखौँ, फोटो लिऔँ, पोष्ट गरौँ । तपाइँको इच्छा अनुसार जति सजिलो गर्न चाहेपनि वा जति सृजनशील हुन चाहेपनि, गौरव दिवस सम्बन्धित आफ्नो सामाग्री बनाऔँ ।

ती सामाग्रीहरू पोष्ट गर्दा #NepalPrideParade र #NPP2020 हायस-टायग राख्न नभुल्नुहोला ताकि हामी यस सम्बन्धी सबै पोष्टहरू री-टुइट, सयेर र त्यसमा अन्तर्क्रिया गर्न सकून् । त्यसै गरी इन्स्टाग्राममा @nepalprideparade र टुइटरमा @PrideParadeNp मेन्सन गर्न सक्नु हुनेछ ।

खुल्नुभएको छैन ? आफैले पोष्ट गर्न सहज महसुस गर्नुहुन्न? हामीलाई nepalprideparade@gmail.com मा तपाइँले बनाएको सामाग्री ईमेल गर्नुहोस् । हामी तपाइँको पहिचान गोप्य राख्दै पोष्ट गर्नेछौँ ।

इन्द्रेणीको रङ्गमा टुइटर र इन्स्टाग्रामलाई चमक्न दिऔँ ।

कार्यक्रम तथा सत्रहरू

दिउँसो १:३० बजे देखि बेलुका ७४ बजे सम्म अनलाइन सत्रहरू हुन्छ जुन प्यानल टक, मनोस्वास्थ्य संवाद, नेटर्वकिङ, इत्यादीमा हुनेछन् ।

बेलुकी १:३० बजे देखि २:४५ बजे सम्म मनोस्वास्थ्य अभ्यासकर्ता राजी मञ्जरी पोख्रेल र गैर-द्वयसांखिक अधिकारकर्मी दीप्सले “मनोस्वास्थ्य र हामी” शीर्षकमा वेबिनार संचालन गर्नेछ ।

बेलुकी ३ बजे देखि ४:३० बजे सम्म “क्वयेर आन्दोलनमा अन्तर्वर्गियता” विषयक वेबिनार हुनेछ । त्यसका वक्ता लैङ्गिकता र जात व्यवस्थाका लेखक गौरी नेपाली, अन्तर्लिङ्गी अधिकारकर्मी इशान रेग्मी र महिलावादी अभियानकर्ता शुभ कयास्थ रहेका छन् ।

बेलुकी ५ बजे देखि ७ बजे सम्म नेटवर्किङ कार्यक्रम हुनेछ । क्वयेर युथ ग्रुप र क्वयेर राइट्स कलेक्टिभसँग भेटघाट गरौँ ।

नेटवर्किङ कार्यक्रमको दोस्रो भागमा “क्वयेर आर्ट र फेशन”मा एउटा प्यानल हुँदैछ र त्यसमा हाम्रो साथ क्वयेर मेक-अप आर्टिस्ट दर्शन र गैर-द्वयसांखिक अधिकारकर्मी दीप्स सँग प्रियाङ्करले सहजिकरण गर्दै छन् ।

यी सत्रहरूको ZOOM Link पाउनका निम्ति हाम्रो सामाजिक संजालमा मेसेज गर्नुहोला ।

केही एक्साइटिङ गर्न चाहनुहुन्छ ? हामीलाई इन्बक्स वा nepalprideparade@gmail.com मा सम्पर्क राख्नुहोस् ।

सार्वजनिक विज्ञप्ती / वक्तव्य यहाँ हेर्न सक्नुहुनेछ । ।

फेसबुक इभेन्टको लिङ्क

One thought on “दोस्रो वार्षिक नेपाल गौरव यात्रा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s