जून महिनाको दोस्रो शनिबार नेपालमा गौरव यात्रा हुने

आदरणीय सबैजना,

नेपाल क्वयेर (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) गौरव यात्रा ईश्वी सम्बत जून महिनाको दोस्रो शनिबारको दिन मनाइने व्यहोरा यस आयोजक समूहले प्रवाह गर्न चाहन्छ ।

पोहोर साल सन् २०१९ ताका नेपालमै पहिलो पटक आयोजना गरिएको गौरव यात्रा स्टोनवाल विद्रोहको ५०औँ जयन्तीको भोली पल्ट पारी जून २९ तारिखमा आयोजना गरिएको थियो ।

हामीले प्राप्त गरेको सुझावहरू बारे छलफल गरेपश्चात् हामीहरू यो निर्णयमा आएका हौँ । नेपालमा साता विदा शनिबारको दिन पर्ने भएकाले शनिबार आयोजना गर्दा समय उपलब्धी बाधा नपर्ने देखिएकाले यो निर्णय लिएका हौँ । यसै गरी शनिबारका दिन ट्राफिक चाप पनि न्यून रहन्छ । यस पुनःविचार बारे अर्को सुझाव मौसम सम्बन्धी पनि थियो । हुन त मौसम ठ्यक्कै नै पूर्व अनुमान लगाउन गाह्रो भएतापनि जून २९ तारिख मध्य असार महिनामा पर्ने हुनाले परम्परागत ज्ञान अनुसार वर्षको यस समयमा अधिकांश वर्षा हुनसक्ने सम्भावना बढी भएकाले पनि यो निर्णय लिइएको हो । त्यसै गरी सामाजिक संजालमा यस बारे गरिएको मतसंकलनमा पनि उक्त परिवर्तनको पक्षमा अधिकांश मत पाइयो ।

सन् २०२० देखि जून महिनाको हरेक दोस्रो शनिबार नेपाल गौरव यात्रा मनाइनेछ ।

यस वर्ष जूनको दोस्रो शनिबार 13 June 2020, ३१ जेठ २०७७, नेपाल सम्बत ११४० तछलागाः अस्तमि मा पर्दछ ।

यहाँहरू सबैको उत्साहजनक सहभागीका निम्ति आमन्त्रणा गर्न चाहन्छौँ ।

धन्यवाद !

Leave a comment